ICT News  


भिभो वाई ३३ एस बजारमा उपलब्ध

1.1K

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ ।

वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू कम्पनीले यसरी राखेको छ ।

१) शानदार क्यामेरा सेटअपः वाई३३एसमा ५०एमपीको रियर क्यामेरा छ, जसलाई २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेराले सपोर्ट गरेको छ । यसलाई भिभोको सिग्नेचर डुअल टोन स्टेपमा सुन्दर ढंगले तयार पारिएको छ, जसमा प्रयोगकर्ताहरूले शक्तिशाली इमेजिङ प्रविधिहरूको आनन्द लिन सक्नेछन् । यसमा ५०एमपी रियर क्यामेरा सेन्सर छ जसले जुम इन वा क्रप गर्दा पनि तस्वीरको गुणस्तर कम नगरी स्पष्ट तस्वीरहरु खिच्छ । साथै, भिभोको सिग्नेचर सुपर नाइट एल्गोरिदमले नोइज घटाएर स्पष्ट फोटोहरु कदै गर्छ । यो स्मार्टफोनले प्रयोगकर्तालाई स्टाइलिश नाइट फिल्टरका चार सेटहरूका साथ अनुभवी प्रोजस्तै नाइट शटहरू खिच्न मद्दत गर्दछ जुन व्यवसायीक फोटोग्राफरहरूद्वारा विशेष रूपमा भिभोका लागि डिजाइन गरिएको हो ।

वाई३३एसमा ईआईएस अल्ट्रा स्टेबल भिडियो पनि समावेश छ जसले प्रयोगकर्ताहरूलाई मोशन भिडियो खिच्न सहयोग गर्छ । यसका साथै, भिडियोहरूको लागि फेस ब्यूटी र स्मार्ट सम्पादन जस्ता सुविधाहरूले अझ सुन्दर शटहरु लिन सकिन्छ । यसमा आई अटोफोकस पनि छ जसले उत्कृष्ट पोट्र्रेट खिच्न सकिन्छ । वाई३३एसमा सुपर एचडीआरले रङहरूलाई मिलाउने र छायाहरूमा विवरणहरू सार्प बनाउँछ । स्मार्टफोनमा एचडी गुणस्तरको उत्कृष्ट सेल्फीहरूका लागि १६एमपी फ्रन्ट क्यामेरा छ जसले प्रयोगकर्ताहरूलाई दिनभर विश्वस्त र रेडियन्ट तस्वीर लिन मद्दत गर्दछ । फ्रन्ट क्यामेराको इनबिल्ट मल्टि–स्टाइल पोट्र्रेटलाई धन्यवाद जसले प्रयोगकर्ताको मुड वा पोशाक अनुरूप शैलीहरूको चयन गर्न सक्छन् । फेस ब्यूटी र बोकेह जस्ता सुविधाहरूले सजिलै आकर्षक, ग्लैमरस र प्राकृतिक लुक प्राप्त गर्दछ । २) प्रिमियम डिजाइनः वाई३३एसले विलासी र प्रिमियम अनुभूतिको साथ स्लिम र ट्रेंडी डिजाइन प्रदान गर्दछ । यो १८२ ग्राम तौल भएको उपकरण हलुका छ र बोक्दा आरामदायी अनुमति दिन्छ । क्यामेरा अलाइनमेन्टमा भिभोको डुअल टोन स्टेपले यसको सुन्दरतालाई अझ बढाउँछ । यो स्मार्टफोनले दुईवटा रंगहरू उपलब्ध छन्ः मिरर ब्ल्याकः पछिल्लो डबल लेयर कोटिंग प्रविधिले यसको कालो रंगमा चमक थप्छ । यसलाई हेर्दा प्रकाश, छाया, टेक्सचर र अनन्त चमकभित्र लुकेको संसार पत्ता लगाउन सकिन्छ । मिडडे ड्रीमः ओरेन्ज र ब्लू ढाँचाको एक आकर्षक चमकमा आधारित मिडडे ड्रीममा एजी टेक्सचरको अनुभूति गर्न सकिन्छ । यसमा लिक्विड क्रिस्टल कोटिंगले स्मूथनेस थप्छ र फोनलाई फिंगरप्रिन्टरहित .बनाउँछ । वाई३३एसको साइड पावर बटन आफैमा एक बलियो फिंगरप्रिन्ट स्क्यानर पनि हो । यसमा फोन अनलक गर्न फेस वेक पनि छ ।

३) ब्याट्री ब्याकअपः वाई३३एस मा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ जसले उपभोक्ताको सबै ब्याट्रीसंग सम्बन्धित समस्याहरूलाई समाधान गर्छ । स्मार्टफोनमा तीन शक्तिशाली रणनीतिहरू छन्ः ५०००एमएएच (टाइप) ब्याट्री, १८ वाट फास्ट चार्ज र भिभो इनर्जी गार्डिएन । यिनीहरूको मद्दतले, प्रयोगकर्ताले ठूलो ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको मजा लिन फोनलाई छिटो चार्ज गर्न सक्छन् । स्मार्टफोनमा रिभर्स चार्जिङ सुविधा पनि छ जसले फोनलाई मोबाइल पावर बैंकमा परिणत गर्छ र अन–द–गो हुने उपभोक्ताहरूका लागि उपयोगी उपकरण बनाउँछ ।

४) विशाल स्टोरेजः यस स्मार्टफोन ८जीबी र्याम छ जुन एक्सटेन्डेड र्याम २.० को साथ आउँछ र रोमको निष्क्रिय स्पेस प्रयोग गरेर ४जीबीसम्म विस्तार गर्न अनुमति दिन्छ र एपहरुबीच स्विच गर्दा सहज र ल्याग मुक्त बनाउँछ । ५) उत्कृष्ट डिस्प्लेः यस स्मार्टफोनमा ६.५८ इन्च एफएचडी प्लस इन–सेल डिस्प्ले छ जसले उज्यालो रङहरू र जीवन्त विवरणहरू प्रदान गर्दछ । यस फोनले समग्रमा निर्बाध र उत्कृष्ट अनुभव प्रदान गर्छ र गेम खेल्दा होस् वा चलचित्र हेर्दा होस् निर्विवाद स्पष्टता प्रदान गर्दछ । यसको बिल्ट–इन ब्लू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाई सुरक्षा प्रदान गर्दछ । उत्कृष्ट डिजाइन, क्यामेरा सेटअप, शक्तिशाली ब्याट्री र स्टोरेजले वाई३३एस लाई मिड–रेन्ज सेगमेन्टमा उच्च रोजाइको स्मार्टफोन बनाउँछ । वाई३३एस रु २९,९९९ मा देशभर उपलब्ध छ ।

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View