ICT News  


२७औँ ‘क्यान इन्फोटेक २०२२ प्रदर्शनी सञ्चालनमा

1.9K

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘आईएमई–पे क्यान इन्फोटेक २०२२’ शुरु भएको छ । मेला वैशाख ७ गतेदेखि १२ गतेसम्म चल्नेछ । २७औं संस्करणको क्यान इन्फोटेकको उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, राष्ट्यि योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, नाष्टका उपकुलपति सुनिल बाबु श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषेतम खनाल लगायत नेपाल सरकार र निजी आइटी क्षेत्रका उच्च व्यक्तित्वहरुको सहभागीता रहेको थियो । ‘आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसिएशन विथ एससीटी स्मार्ट क्यूआर’ ले गरेको छ । इन्फोटेक सन् १९९२ देखि कम्प्युटर एसोसिएशन नेपाल महासंघ ९क्यान महासंघ०ले गर्दै आएको छ ।

‘आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसिएशन विथ एससीटी स्मार्ट क्यूआर’ ले गरेको छ । इन्फोटेक सन् १९९२ देखि कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले गर्दै आएको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेक भएको क्यान महासंघको दाबी छ । क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रूपमा सहभागिता हुनसक्ने गरी भर्चुअल प्रदर्शनीको समेत व्यवस्था गरिने छ,’ महासंघका महासचिव नारायण थापाले भने, ‘भर्चुअल प्रदर्शनीका निम्ती मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रूपमा क्यान महासंघसँग सहकार्य गरेको छ ।’ क्यान मेलाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने अपेक्षा महासंघले जनाएको छ ।

इन्फोटकको प्लाटिनम प्रायोजक वर्ल्डलिंक कम्युनिकेसन, डायमण्ड प्रायोजक डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड रहेका छन् । त्यसैगरी सिल्भर प्रायोजकमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन् । त्यसैगरी इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, ई–कमर्श पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एलईडी रहेका छन । प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबानसँग सहकार्य गरिएको महासंघले जनाएको छ । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आईएमई जनरल इन्स्युरेन्स रहेका छन् ।

इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएशन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको महासंघका महासचिव थापाले जानकारी दिए । उनका अनुसार क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन् । जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसीटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र ई–गभर्नेन्स मुख्य हुने छन् ।

ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहने छ । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरुको सूचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धी उत्पादनहरू रहेका छन् ।

त्यस्तै स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् । 

आइसीटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिड खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने छन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरीद गर्न पाउने छन् ।

यसबाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाई तथा इन्टरनेटलगायत कुराहरू रहनाका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पायर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रीमा राख्ने छन् ।

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View