ICT News  


WICT Committee क्यान महासंघको डिजिटल वित्तीय साक्षरता मार्फत महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.8K

CAN Federation, WICT Committee ले बाग्लुङग समाज कल्यान केन्द्र महिला समुहको सहयोगमा एक दिने डिजिटल वित्तीय साक्षरता मार्फत ("Women Empowerment through Digital Financial Literacy" ) महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिला कंसाकार कार्कीको अध्यक्ष्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा Panel member मा Ms. Nikita Bhandari Thapa, Head of TransactionBanking, Global IME Bank, Ms. Anita Shrestha Branch Manager, Hattigauda Branch,  Nabil Bank, Ms Mingma Sherpa, Business Development Officer, Prabhu Pay साथै अन्य अन्य व्यक्तित्वहरुको उपस्थित रहेको थियो । WICT Committee सल्लाहाकार रोजा किरण बासुकलाले गृहणी महिलाहरुको लागि यस्तो कार्यक्रम भलदायी हुने बताउदै भविक्ष्यमा यस्ता कार्यक्रम अझ बृहत रुपमा गर्नु पर्नै र जिल्ला जिल्लामा यस्ता चेतनशील कार्यक्रम को आवश्यक भएको बताउदै सो कार्यक्रम राम्रो भएको भन्नु भयो त्यस्तै WICT  कै सल्लाहाकार शिखा श्रेष्ठले पनि आफुलाई सो कमितीको सल्लाहाकार भएकोमा गर्व लागेको र आगामी दिनमा पनि आफुले जाने बुझेका सल्लाहा सुझाब र आवश्यक सहयोग गर्ने भन्दै कार्य्रम नेपाल अधिराज्यभरका ग्रामीण भेगमा पनि संम्भब भएसम्म डिजिटल वित्तीय साक्षरता अहिलेको समयमा आवश्यक भएको बताउनु भयो । कार्यक्रममा बाग्लुङग समाज कल्यान केन्द्र महिला समुहको अध्यक्ष्य विजया लक्ष्मी राजभण्डारी ले यो कार्यक्रम हामीलाई दिएकोमा धेरै कुरा जान्ने अवसर हामी महिलाहरुले पाएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।

यो कार्यक्रम धौलागिरि बचत सहकारी हल काठमाडौंको सहकार्यमा करिब ४० देखि ५५ जनाको सहभागितामा रहेको थियो। कार्यशालाको उद्देश्य डिजिटल वित्तीय ज्ञानको महत्त्व र त्यहाँ उपस्थित महिलाको आर्थिक र डिजिटल वित्तीय ज्ञानको साथ महिला सशक्तीकरण गर्ने तरिकाहरू साझा गर्नु थियो। बागलुगं समाज कल्याण केन्द्र महिला सामूहका ४० देखि ६०  वर्ष उमेर समूहका सदस्य थिए। कार्यक्रम अन्तर्क्रियात्मक थियो र सामान्य डिजिटल वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले गरिएको थियो ।

डिजिटल वित्तिय साक्षरताले महिलालाई कसरी अगाडि बढाउन सकिन्छ र यसको उपयोगिता बारे दिव्यतारा शाक्यले बर्णन गर्नु भयो कार्यक्रममा रिना श्रेष्ठ,अदिप्ति गुप्ता, सम्पन्न श्रेष्ठ ,सावित्री बस्नेत लगायतका WICT कमिति सदस्यहरुको उपस्थित रहेको थियो ।

सहभागीहरुले कार्यक्रम आवश्यकता भएका महिलाहरुको लागि भएको भन्दै खुशी व्यक्त गरेका थिए। साथै होली पर्वको शुभकामना पनि कार्यक्रममा आदान प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View