नेपालमै पहिलो पटक रकेट परीक्षण
नेपालमै पहिलो पटक रकेट परीक्षण भएको छ । नेसनल इन्जिनियरिङ एण्ड एस्ट्रोनोमिकल रिसर्च सेन्टर एण्ड एरोस्पेस कम्पनी (नियर एरोस्पेस) ले नेपाली सेनासँगको सहकार्यमा धनुसाको भिमानमा रकेट परीक्षण भएको हो ।
नेपालमै बनेको स्याटेलाइटलाई नेपालमै बनेको रकेटमा राखेर पठाउने योजना अनुसार पहिलो परीक्षण गर्न लागेको प्रोजेक्ट हेड शुशिल देव भट्टराईले बताए ।
‘हामीले सन् २०२४ सम्ममा नेपालमा बनेको स्याटेलाइटलाई नेपालमै बनेको रकेटमा राखेर अन्तरिक्षमा पुर्याउने भनेर एउटा प्रोजेक्ट गरिरहेका छौं । २ वर्ष भयो शुरु गरेको,’ उनले आइसिटी समाचारसँग भने, ‘उक्त प्रोजेक्ट अन्तरगत नै यो पहिलो प्रोटोटाइप टेष्ट हो ।’
‘सन् २०२४ मा हामीले ठूलो साइजमा रकेट अन्तरिक्षमा पुर्याउँछौं । अहिले त्यसकै सानो बनाएर त्यसको सबै डायनामिक्सहरु चेक गर्नका लागि पहिलो प्रोटोटाइप परीक्षण गर्न लागेका हौं’ उनले भने ।
कम्पनीले विगत दुई वर्षदेखि रकेटको अनुसन्धान र विकासमा काम गरिरहेको छ । भने प्रोडक्सनको काम शुरू गरेको एक वर्ष भएको छ । कम्पनीले पुरै प्रोजेक्टका लागि २ देखि ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
एउटा प्रोटोटाइप बनाउँदा करिब ७-८ लाख रुपैयाँ खर्च लाग्ने भट्टराईले बताए । अहिलेका विद्यार्थीलाई साइन्स तिर लाग्न प्रेरित गरोस र त्यतातिर दिमाग चलोस भनेर रकेट बनाउने काम गरिरहेको उनले बताए ।
सन् २०२४ मा रकेटमा राखेर स्याटेलाइट पठाउनका लागि नेपालको स्याटेलाइट बनाउने कम्पनीसँग सहकार्य गर्ने कम्पनीको योजना रहेको छ ।
सम्बन्धित समाचार
भिभो वाई ३३ एस बजारमा उपलब्ध
काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा