ICT News  


विमानस्थल नजिक ड्रोन उडाउन निषेध

3.1K

फागुन ८, लन्डन | बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ । 

अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो । 

“ड्रोनको दुरुपयोगबाट बेलायती हवाई मैदानलाई सुरक्षित गर्न ड्रोन निषेध क्षेत्रलाई बढाउनु परेको हो, र यो नियम मार्च १३ बाट लागू हुनेछ,” यातायात मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । 

मन्त्रालयले विद्युतीय सामग्री बेचबिखन गर्ने जेसोप्सलाई ड्रोन बिक्रीका बारेमा जनचेतनामूलक कार्य गर्न पनि आग्रह गरेको छ । 

मन्त्रालयले कुत्सित मनसाय राखी ड्रोनको प्रयोग गर्ने विरुद्ध कारबाही र पक्राउ गर्न प्रहरीलाई अख्तियारी दिनेगरी कानुन निर्माण गर्न लागेको बताएको छ । साथै, प्रहरीले ड्रोनबाट सङ्कलन गर्ने विद्युतीय विवरणहरु नियन्त्रणमा लिन पाउने उक्त विधेयकमा व्यवस्था गरिएको छ । 

गत क्रिसमसका अवसरमा ग्याटविक विमानस्थलमा ड्रोनहरु देखिएपछि हजारौं यात्रु तीन दिनसम्म अलपत्र परेका थिए । गत महिना पनि हिथ्रो विमानस्थलबाट उड्ने विमानहरु एक घण्टाका लागि अबरुद्ध भएका थिए । 

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View