ICT News  


५ सयलाई निःशुल्क कम्प्युटर शिक्षा धरानमा

3.2K

धरान । मिक कम्प्युटर प्रालि धरानको प्राविधिक सहयोगमा स्विट नेपालको आर्थिक सहयोगमा तीन महिने निःशुल्क कम्प्युटर कक्षा हुने भएको छ । कम्प्युटर शिक्षा अन्तर्गत वेसिक, हार्डवेयर, डिपिटि, डाटावेस, मल्टिमिडिया, ग्राफिक्स, वेभ डिजाइनिङ र वेभ सर्भर नेटवर्किङका कक्षाहरु पाँचसय २५ जनालाई निःशुल्क रुपमा कक्षा दिइने मिक कम्प्युटर प्रालिका सञ्चालक राजकुमार थोप्राले जनाएका छन् । धरानमा २०५० सालमा स्थापना भइ कम्प्युटर शिक्षा दिदै आएको मिकले विगत धेरै वर्षदेखि स्विट नेपालको सहयोगमा निःशुल्क कक्षा सञ्चालन गर्दै आएको छ । साथै मिक कम्प्युटर प्रालिले एक विज्ञप्ती जारी गर्दै निःशुल्क कक्षाका लागी फारम भरेर निःशुल्क स्किममा नपर्ने सबैलाई ७५ प्रतिशत छुट दिने जनाएको छ । निःशुल्क कक्षाको लागी आवेदन फारम खुल्ला भइसकेको र माघ १३ गतेदेखि कक्षा सञ्चालन हुने मिक कम्प्युटर प्रालिले जनाएको छ ।

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View