सार्वजनिक हुँदै पल्सर-220F, यस्ता छन् विशेषता
बजाजले आफ्नो सर्वाधिक बिक्री हुनेमध्येको एक मोडल ‘पल्सर–२२० एफ’को २०१९ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ इन्जिनकासाथ ल्याउन लागेको पल्सर–२०० एफमा नयाँ ग्राफिक्सकासाथमा इन्जिनलाई वेली–कभर दिएको छ ।यू–टुबमार्फत् सार्वजनिक भएको भिडियोमा नयाँ पल्सरमा एबीएस सिस्टम दिइएको नदेखिए पनि सुरक्षा मापदन्डलाई मध्यनजर गर्दै सिङ्गल च्यानल एबीएस दिइने अनुमान गरिएको छ ।
कम्पनीले २०१९ को पहिलो महिनामा नै नयाँ बाइक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।२२० सीसी सिङ्गल सिलिन्डर इन्जिनमा आउने नयाँ बाइकको इन्जिन कार्बोरेटर सिस्टमसहित आउनेछ । यसले २१ बीएचपी पावर र १९ एनएम–टर्क उत्पादन गर्ने क्षमता राख्छ ।अघिल्लो चक्कामा २६० एमएमको डिस–ब्रेक र पछाडिको चक्कामा २३० एमएम डिस–ब्रेक दिने बाइकमा १७ इन्चको ह्वील दिइनेछ ।
साथै, नयाँ मोडलको ह्वील–ब्ल्याक ग्राफिक्सकासाथ आउनेछ, जसले बाइकलाई निकै स्पोर्टी बनाउनेछ ।१५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइने उक्त बाइक ३.२ लिटर पेट्रोल बाँकी रहँदा रिजर्भमा लाग्नेछ । उक्त बाइकले ३८ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।
नयाँ पल्सर–२२० एफको टप–स्पीड क्षमता १३४ किलोमिटर प्रतिघन्टा रहेको छ भने बाइकले ०–६० किलोमिटरको स्पीड भेट्टाउनमात्र ३.६ सेकेन्ड लगाउनेछ । यसलाई कम्पनीले फोर–कलर भेरियन्टमा बजारमा सार्वजनिक गर्नेछ, जसमा लेजर–ब्ल्याक, डिनो–रेड, क्रोम–ब्ल्याक र न्यूक्लियर–ब्ल्यू रहेका छन् ।
सम्बन्धित समाचार
भिभो वाई ३३ एस बजारमा उपलब्ध
काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा