ICT News  


विश्व हल्लाउने नेपाली डाक्टरको चमत्कार ! मृत मानिसको मुटु झिकेर जीउँदोलाई प्रत्यारोपण

2.9K

काठमाडौँ /  नेपालका एक डक्टरले मृत मानिसको मुटु झिकेर आधा घण्टा मेसिनमा राखेर पुर्ण रुपमा जिवित बनाएर मृत्युको मुखमा पुगेको बिरामीलाई मुटु प्रत्यारोपण गरेर विश्वमा ठूलै चमत्कार गरेका छन् । बिगत चार वर्ष देखि अष्ट्रेलियमा रहेर काम गरिरहेका नेपाली डा. कुमुद धितालाई विश्वको दुर्लभ वैज्ञानिक चमत्कार गर्ने सौभाग्य मिलेको छ ।

यति ठूलो चमत्कारीक काम गरेर सफलता पाएका डा. धितालले आफु कार्यरत अस्पतालमा मात्रै २४ जना बिरामीको मुटु प्रत्यारोपण गरिसकेका छन् । चार वर्षअघि उक्त अस्पतालमा मृत मान्छेको मुटु झिकेर बिरामीलाई प्रत्यारोपण गरेका थिए । उनले ३० वर्ष नाघेका व्यक्तिहरुलाई मुटु प्रत्यारोपण गर्दै आएका छन् भने उनको यो उपलब्धीलाई अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धी मानिएको छ । उनी भन्छन्, ‘अब त मैले हैन मेरो विद्यार्थीले यो काम गर्नेछन् म त तालिम दिने मात्र हो । अहिले यो काम विश्व भरि नै फैलिएको छ ।’

उनले मुटु प्रत्यारोपण कार्यलाई बेलायतमा पन विस्तार गरिसकेका छन् । धितालले मानिस मरेको आधा घण्टा भन्दा बढी समयमा पनि मुटु झिकेर कसरी प्रत्यारोपण गर्न सकिन्छ भन्नेमा सोध केन्द्रित छ । मृत मानिसको मुटु प्रत्याराेपण गर्नु पूर्व सुगुर र छुचुन्द्रोमा त्यसको परिक्षण गरिएको थियो । उनी आफैले परिक्षण कालमा नै मान्छेलाई मुटु प्रत्यारोपण गरेका थिए ।

उनको पूर्खेउली घर गोर्खा हो । इटालीको रोममा जन्मेको भएपनि सेन्टिजेर्भियस स्कुल ललितपुरमा स्कुलको पढाई पुरा गरेका हुन् । विश्वमै उम्दा चिकित्सक मानिने धितालले अक्सफोर्डबाट चिकित्सा विज्ञानमा स्नातकोतर गरेका हुन् भने एनाटोमीमा विद्यावारिधि गरेका हुन् । गतिलो शिक्षा दिक्षा पाएकै कारण चिकित्सा क्षेत्रमा नयाँ काम गर्ने मौका पाएको उनको भनाइ छ ।

मुटु प्रत्यारोपणको क्षेत्रमा उनले अमेरिका, स्वीडेन र बेलायतको विभिन्न अस्पताल र विश्वविद्यालयमा सहयोग गर्दै आएका छन् । ग्लोबल पोलिसी फर नेपालमार्फत नेपालसँग जोडिएका धिताल उक्त संस्थाको अध्यक्ष हुन् । नेपालमा मुटु प्रत्यारोपणमा सम्भावना धेरै भएपनि चासो कम देखिएको बताएका छन् । राम्रो चिकित्सकको टिम र प्रत्यारोपणपछि गरिने हेरचाहका उचित व्यवस्था हुने हो भने नेपालमा नै मुटु प्रत्यारोपण गर्न सकिन्छ ।

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View