ICT News  


आइसिटी पत्रकार मञ्चको सातौ वार्षिकोत्सव अन्तरक्रिया तथा सम्मान कार्यक्रम हुने

5.2K

आइसिटी पत्रकार विकास मञ्चको सातौ वार्षिकोत्सव समारोह हुने भएको  छ ।  सातौ वार्षिकोत्सव अवसरमा पर्यटन प्रवद्र्धनका लागि सूचना प्रविधिको भूमिका विषयक अन्तरक्रिया र छलफलका साथै आइसिटी सम्मान २०७४ कार्यक्रम समेत  हुने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सूचना प्रविधि क्षेत्रमा प्रिन्ट, अनलाइन, बिद्युतीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्च २०६७ मा स्थापना भएको गैरमुनाफमुलक सामाजिक संस्था हो ।

कार्यक्रम तालिका

प्रमुख अतिथि  : मा. श्री भीमसेनदास प्रधान (रक्षामन्त्री) २०७४ माघ २७ गते शनिबार स्थान : नेपाल पर्यटन बोर्डको हल, भृकुटीमण्डप काठमाडौं समय :  दिउँसो १.३० बजे

ICT Journalist Development Forum आइसिटी पत्रकार विकास मञ्च को फोटो।

सातौ वार्षिकोत्सव समारोहमा पर्यटन क्षेत्रको विकास बिस्तार र प्रबद्र्धनमा सूचना सञ्चार प्रविधिको भूमिका विषयक अन्तरक्रियाका साथै आइसिटी सम्मान कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि संस्थाले आइसिटी सरोकारवाला निकाय, संघ संस्था, व्यक्ति र पत्रकारहरुलाई हार्दिक अपिल गरेको छ  । उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपाल सरकारको सूचना सञ्चार मन्त्री, पर्यटन मन्त्री विज्ञान तथा प्रविधि मन्त्रालयका सचीव, पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रका संघ संस्थाको प्रमुख एवं पर्यटन व्यवसायीहरु र आइटी संघ संस्थाका प्रमुखहरुको विशेष सहभागीता रहनेछ ।   

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View