ICT News  


अबदेखि ट्राफिक भ्यानले यसरी निगारनी गर्दैछ, ट्राफिकलाई छलेर नियम उल्लंघन गर्नेहरुलाई

5K
 ट्राफिक देख्यो भने मात्र नियम पालना गर्ने नत्र  छिटो र सजिलोको नाममा ट्राफिक नियम पनि उल्लंघन गर्दै सवारी चलाउने हामीहरुमध्ये धेरै छौं होला । यदि तपाई पनि त्यस्तो गर्नुहुन्छ भने आजै छाड्नुस् । नभए कुनै पनि बेला ट्राफिक कारबाहीमा पर्नु हुनेछ ।किनकी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई वटा ट्राफिक सर्भिलेन्स भहिकल पाएको छ । यो मुख्य चोकहरुमा छड्के अनुगमनका लागि प्रयोग गरिनेछ । भ्यानको माथिल्लो भागमा ४ वटा पीटीजेड क्यामेरा छन् । ३६० डिग्रीमा घुम्ने यो सिसी क्यामेराले सडकमा लेन मिच्ने र ट्राफिक निगमको बेवास्ता गर्दै सवारी चलाउनेको निगरानी गर्नेछ । भ्यानमा कम्प्युटर र ल्यापटपसहित एलइडी मोनिटर पनि छ, यसले पीटीजेड क्यामेराको नियन्त्रण र सडक र सवारीको निगरानी गर्नेछ ।

यसले सडकमा गुड्दा-गुड्दै पनि ट्राफिक अनुशासन नमान्नेलाई निगरानी गर्न सक्नेछ । वाइफाइसहित इन्टरनेट जोडिएको भ्यानमा अत्याधुनिक प्रविधिहरु प्रयोग गरिएको छ ।

यो भ्यानमा क्यामेरा मात्रै छैन, स्ट्रेचरसहितका प्राथमिक उपचार सामाग्री पनि छ । कुनै ठाउँमा दुर्घटना भएमा तत्काल उद्दारका लागि अब ट्राफिकको यो भ्यान पुग्नेछ ।

काठमाडौं उपत्यका दीगो शहरी यातायात आयोजनाले दिएको भ्यानमाघटनास्थलमा रेखाङ्कन लगायतका अनुसन्धानका लागि चाहिने सबै टूल्स पनि राखिएको छ ।

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View