अनलाइन मिडियाले ६० दिनभित्रै लाइसेन्स लिनुपर्ने अन्यथा खारेज हुन सक्ने
4.4K
‘अनलाइनले अति गरे’ भन्ने पृष्ठभूमि
हाल सञ्चालनमा रहेका अनलाइन पत्रिकाहरुले ६० दिनभित्र नेपाल सरकारमा दर्ता गरेर लाइसेन्स लिनुपर्ने भएको छ ।सरकारले अहिले ल्याएको निर्देशिकाअनुसार तोकिएको अधिकारीसमक्ष दर्ता भएपछि प्रत्येक वर्ष त्यसको नवीकरण गर्नुपर्ने हुन्छ। अखबारलाई बर्सेनि नवीकरण गर्नुपर्ने प्रावधान राखिएको छैन। सरकारले जारी गरेको ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका-२०७३’ चैत ७ गते राजपत्रमा प्रकाशित भएपछि लागू भएको हो । दर्ता नगरी अनलाइन पत्रिका चलाइएमा सरकारले बन्द गरिदिन सक्ने निर्देशिकामा व्यवस्था छ ।
‘अनलाइनले अति गरे’ भन्ने पृष्ठभूमिमा सरकारले निर्देशिका ल्याएको छ।
यो निर्देशिका राजपत्रमा प्रकाशित भएको ६० दिनभित्र सरकारी वा निजी सबै प्रकारका छापा वा विद्युतीय सञ्चारमाध्यमले अनलाइन सञ्चार माध्यममार्फत अनलाइन पत्रकारिता सञ्चालन गर्न चाहेमा सूचना विभागमा दर्ता हुन निवेदन दिनुपर्नेछ।
सम्बन्धित समाचार
भिभो वाई ३३ एस बजारमा उपलब्ध
काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा