नार्कोसीले ल्याओ अनलाइन नेपाली भिडियो सेवा
बिस्वभरि अहिले करिव एक करोड नेपाली भाषी हरु इन्टरनेट को पहुच मा भएको अनुमान छ | नार्कोसीको पहल ती एक करोड इन्टरनेट का प्रयोगकर्ता नेपाली भाषी लाइ नेपाली भाषा का भिडियो सामग्री हरु सजिलै उपलब्ध गराउनु हो | नार्कोसी डट कम ले गरेको एक तथ्यांक संकलनको क्रममा नेपाली भाषा का तीनसय सत्तरी भन्दा बढी यु ट्युब भिडियो च्यानलहरु छन् | त्यस्तै प्रत्येक २४ घण्टा मा यु ट्युब मा तिनसय भन्दा बढी नेपालि भाषाका भिडियो सामग्रीहरु अपलोड हुने गर्दछन | नार्कोसी डट कम ले आफ्ना उपभोक्ताहरु को सेवा का लागि यु ट्युब मा अपलोड भएको कुनै पनि भिडियो लाइ दस मिनेट भन्दा पनि कम समय मा उपलब्ध गराउने गर्दछ | हालसम्म नार्कोसी डट कम को संग्रहमा साठी हजार भन्दा बढी नेपाली भाषाका भिडियो हरु संकलन भएका छन् |
नार्कोसी डट कम ले नेपाली भाषाका यु ट्युब चानल हरु ले प्रशारण गर्ने कार्यक्रम हरु बिसयगत रुपमा प्रस्तुत गरेकाले दर्शक श्रोताको समय बच्नु का साथै आफ्नो रुची अनुशारका कार्यक्रम छान्न सकिने भयको छ | जस्तै समाचार , अन्तर्वार्ता , कमेडी , खेलकुद , संगीत , फिल्म , प्रेरणादायी भिडियो हरु भनेर छुट्याइएको छ | त्यस्तै समयक्रम अनुशार पनि भिडियो हेर्न मिल्ने भएको ले नेपाली भाषा का अनलाइन भिडियोका दर्शकलाइ यो निकै उपयोगी छ | नार्कोसी डट कमले भिडियो उत्पादक च्यानलहरुलाई उनीहरुका लक्ष्क्षित् श्रोताहरुसम्म सजिलै पुर्याउने व्यवस्था गरेको छ भने श्रोता लाइ रोजेको र खोजेको भिडियो सामग्री प्राप्त गर्ने सुबिधा प्रदान गरेको छ |
सम्बन्धित समाचार
भिभो वाई ३३ एस बजारमा उपलब्ध
काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा