नागरिक पोष्ट News


फ्रान्स देखि प्रशिक्षक ल्याउन र प्रशिक्षण दिलाउन सफल बिद्यालय

2.5K

सुबास जी सी श्रावण ३ ।  पश्मिमा  देशहरुले सार्वजनिक शिक्षाको विषयमा समाज र बिद्यालयमा  धेरै बहस र अनुसन्धान गरेका छन्  । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालयहरुमा शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । त्यसैको सिको  गर्दै नर्थ पोल एकेडेमी बिद्यालयले आज विद्यालय इन्चार्ज शर्मिला श्रेष्ठ, प्रिन्सिपल डा. माधवन, व्यस्थापन समिति अध्यक्ष श्याम भेटुवाल, महेस सिटौला लगायतको टिमले फ्रान्स देखि  प्रशिक्षक ल्याउन र प्रशिक्षण दिलाउन सफल भएका छन्। 

 

 

 

 

विद्यालयको शैक्षिक सुधारका पक्षहरु यति नै हुन्छ भनी सिमावद्ध गर्न सकिदैन तर पनि बिद्यालय ब्याबस्थापन समिति, अभिभाबक संघ र शिक्षक शिक्षिकाको चाहना अभायो भयो भने धेरै पक्ष सुधार गर्न सकिन्छ। यसको ज्वालंत उदाहरण हो तारकेस्वर मनमैजुमा अवस्थित नर्थ पोल एकेडेमी परिवार, यहा  विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय ब्याबस्थापन समिति , प्रधानाध्यापक र प्रशासनका केहि  अभ्यास तथा सपोर्ट सिस्टमले विद्यालयको शैक्षिक सुधारको बाटोमा भेटियो। 

ज्ञान  मानिसको दिमागको एउटा प्रक्रिया हो ।  हाम्रो वरपर के भैरहेको छ ? हामी के हो, कहाँ छौं ? भनेर जान्ने प्रयासमा बालबालिकालाई जति उत्प्रेरित गर्न सक्यो, त्यति नै उनीहरुको ज्ञान र सीपको भण्डार बढ्दै जाने हो । ज्ञानको भण्डारलाई जोड्ने काम सिकाई विधिबाट मात्र संभव हुन्छ । त्यसैले बिदेशी प्रशिक्षक मगाएको व्यस्थापन समिति अध्यक्ष श्याम भेटुवालले जानकारी दिनु भयो।  फ्रान्स देखि बोलाइएका  प्रशिक्षक शिक्षकहरुले विद्यार्थी र बालबालिकाहरुलाई सिकाउने ज्ञान  उसको जिन्दगीलाई जोड्ने खालको हुनुपर्दछ भनेर जोड दिएको पाइयो। 

प्रशिक्षण पश्चात महेस सिटौलाले  मिडिया संग कुरा कानी गर्दै हाम्रा शिक्षण संस्थाहरुले अपूर्ण ज्ञान सिकाइरहेका छन् भन्ने लागेको बताउदै आगामी दिनहरुमा हाम्रा बालबालिका लाइ  व्याबहारिक शिक्षा तर्फ लैंजान बिद्यालय अग्रसर रहेको बताउनु भयो 

 

Must View