नागरिक पोष्ट News


‘उकाली जाँदा’लाई दर्शककाे अपार माया, एक हप्तामै १ लाखबढी भिउज

399

काठमाडौं । निर्देशक तथा गायक राेशन फ्यूबा तामाङकाे शब्द तथा संगित रहेकाे गीत ‘उकाली जाँदा’ ले सार्वजनिक भएको पहिलाे सातामै १ लाखबढी भिउज पाउन सफल भएको छ ।

गत शुक्रबार एल.एम.सि डिजिटल मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतले समाचार तयार गर्दासम्म १ लाख ३० हजार हजारबढी भिउज पाएकाे छ ।

सानै उमेरमा आफुलाई गित संगितमा तिखारपन ल्याएका चर्चित मेन्दाेमाया गायक फ्यूबाकाे बजारमा सार्वजनिक गीतले  कराेड दर्शककाे माया बटुलेकाे छ । आफ्नाे अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे गितले लाखौं भिउज  पाएपछि यस गित संग जाेडिएका गायक, गायिका सबै खुसि छन् । उनीहरूले आज एक

कार्यक्रम आयाेजना गरि खुशी साटासाट समेत गरेका थिए । लमु शेर्पा र कुन्छाङ शेर्पाकाे स्वर रहेकाे गीतलाई जाेगलाल लामाले एरेन्ज गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा माेडल तथा कलाकार कर्मा छेयाङ र साेनाम लामाकाे अभिनय देख्न सकिन्छ । उमेश शाहले छायांकन गरेकाे भिडियोकाे निर्देशन तथा सम्पादन भने राेशन फ्युबाले नै गरेका छन्।

https://youtu.be/wLEpMaeGf1A

Must View