नागरिक पोष्ट News


दाङबोला ग्युई ठिम तामाङ संघको आयोजनामा`ल्हाेछार शुभकामना तथा बृहत् साँस्कृतिक कार्यक्रम´हुने

1.4K

काठमाडौं । दाङबोला ग्युई ठिम तामाङ संघको आयोजनामा ल्होछार शुभकामना तथा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । 

गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आगामी माघ २० गते शनिबार दिउँसो १ बजे नयाँबस्तीस्थित होटल सन्बिमा ल्होछारको अवसरमा शुभकामना तथा बृहत सांस्कृतिक कार्यक्रम हुने संघका अध्यक्ष निक्मार तामाङले जानकारी दिए। बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले उद्घाटन गर्ने उक्त कार्यक्रममा आचार्य नुर्वु शेर्पा र खेम्बो सर्वोजित तामाङको उपस्थिति रहनेछ । 

विगतका वर्षहरूमा गर्दै आएको साँस्कृतिक कार्यक्रमलाई यस वर्षपनि ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो । हिमालयन महायानी बौद्धधर्मावलम्बीहरूको महान तिथि छ्युटुल दुईचेन तथा ल्होछारको अवसरमा हाम्रो संस्कृति हाम्रो परम्परा भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको कार्यक्रममा उपस्थिति हुन सम्पूर्णमा आग्रह गरिएको छ ।  

यसरी ल्होछार पर्व मनाउदाँ सबै जातजातीहरुको संस्कार संस्कृतिको संरक्षण तथा प्रबद्र्धन हुने भएकाले यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । पर्यटनको प्रवर्द्धन, स्थानीय तामाङ संस्कार संस्कृति, भाषा, भेषभुषा र कलाको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष तामाङले बताएका छन्।

समाजसेवी टेकराज तामाङ र नृत्यकार करिना तामाङले संचालन गर्ने कार्यक्रममा अतिथि कलाकार सुनिला तामाङ, वरिष्ठ गायक विजय लामा, वरिष्ठ गायिका मिना लामा, चलचित्रकार आशमान तामाङ, गायिका मिनाश्री लुंगेली मगर, जुवारी गायीका सुनिता बल, पोङ्दिला च्याङ्बा,मेन्दोमाया गायक रोशन फ्यूबा तामाङ, सेलो गायिका लक्ष्मी तामाङ, सेलो गायक देवलाल मोक्तान, बिसाल योञ्जन, दोहोरी गायिका सरिता लामा, गायक सागर गुरुङ, निश्चल योञ्जन, गायिका कमला थापा, प्रमिला मोक्तान, मोडल मञ्जिरा घलेले कार्यक्रममा मनोरन्जन दिनेछन् । 

Must View