नागरिक पोष्ट News


परिवारमा हुने दुर्व्यवहार, र उपेक्षाले बालबालिकाको मानसिक अवस्था निर्धारण गर्छः नर्थपोल एकेडेमी

2.6K

नवराज कौडाल काठमाण्डौ, तारकेस्वर नगरपालिका वाड नम्बर ९ ,मनमैजु इन्द्रायणी पुल नजिकै रहेको  नर्थ पोल एकेडेमीले एक दिने बृहत अभिभावक अभिमुखिकरण तालिम सम्पन्न गरेको छ। किशोरावस्थालाई संवेदनशील उमेर मानिन्छ । यो उमेरमा सिकेका र सिकाइएका पाठले नै मानिसको भविष्य निर्धारण हुन्छ । र बालबालिकाले अनौठो र फरक स्वभाव देखाउन सक्छन् । त्यसैले उनीहरूको देखाउने स्वभाव वा बानीलाई अभिभावक र परिवारका सदस्यले सही वा गलत छुट्याएर मार्गनिर्देशन गर्न सिकाउन आबस्यक रहेको बिद्यालय   संचालक समितिका  अध्यक्ष श्याम कृष्ण भेटवालले बताउनु भयो। 

 

 

नर्थ पोल एकेडेमीका प्रिन्सिपल डा. एस. माधवनका अनुसार अभिभावकहरूले बच्चाको उपलब्धिमा प्रशंसा गर्न कन्जुस्याइँ गर्नुहुँदैन । जस्तै, परीक्षामा राम्रो अंक ल्याउँदा वा खेलकुदमा जित्दा प्रशंसा गर्नपर्छ  अभिभावाक ले छोरा छोरी संग साथीको ब्याबहार गर्नु अनुरोध गरे भने कार्यक्रमको प्रमुख अतिथि पपुलर मोटिभेटर डा तारा जी  का अनुसार  आमाबाबुको जीवनशैली र घरपरिवार भित्रको वातावरणले बालबालिकाको वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । उनीहरूको स्वास्थ्य, व्यवहार, आचरणजस्ता विविध विषयमा नजानिँदो तरिकाले प्रभावित भइरहेको हुन्छ त्यसैले  परिवारमा हुने दुर्व्यवहार, र उपेक्षाले बालबालिकाको मानसिक अवस्था निर्धारण गर्ने कुरा  बताउनु भयो।   अतिथि कुल चन्द्र आचार्यका अनुसार कतिपय अभिभावकले बालबालिकामा नकारात्मकता ल्याउन सक्ने भन्दै विभिन्न घटनाबाट टाढा राखिरहेका हुन्छन्  र  सामान्य पीडाहरूसमेत बालबालिकाबाट लुकाउँदा उनीहरूमा पीडासँग जुध्ने क्षमता नै विकास भइरहेको हुँदैन । सोहि  कुरा अभिभावकलाई सम्झाउन  आजको कार्यक्रम आयोजना गरिएको बिद्यालय  संचालक समितिका  उपाध्यक्ष समेत रहनु भएका आचार्यले बताउनु भयो।  त्यसै गरि बिद्यालय  संचालक समितिका सचिव दामोदर पाण्डे का अनुसार  कुनै पनि कामका लागि बालबालिकालाई डर देखाउनुहुँदैन । उनीहरूबाट राम्रो व्यवहारको अपेक्षाका लागि पिट्ने, गाली गर्ने वा तर्साउने गर्नुहुँदैन । परिवारमा बालबालिकालाई हुर्काउँदा डर देखाएमा निर्णय लिन सक्ने क्षमता कमजोर हुने  ज्ञान आजको कार्यक्रम बाट अभिभावकलाई दिएको दाबि गर्नु भयो। कार्यक्रमा करिब ३०० जना अभिभाबकको उपस्थिति थियो। 

 

Must View