नागरिक पोष्ट News


टेलिकम र एनआईटीभी नेपालबीच डिजिटल मार्केटिङ सेवा उपलब्ध गराउने सम्झौता

1.2K

काठमाडौँ । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच एक सम्झौता सम्पन्न भएको छ ।

टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पु¥याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पु¥याउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ । दुवै पक्षबिच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ ।  सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल० र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् । 

Must View