नागरिक पोष्ट News


सर्लाहीको बरहथवामा एक प्रदर्शनकारीको मृत्यु भएपछि कर्फ्यू जारी

1.4K

काठमाडौँ । सर्लाहीको बरहथवामा एक प्रदर्शनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सोहि नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो । बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई हेर्दै प्रशासनले कार्फ्यू लगाएको हो ।

नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति सिर्जना भएको हो 

Must View