नागरिक पोष्ट News


चलचित्र 'चिसो मान्छे' भिडियोपसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

1.2K

दर्शक र समीक्षकले निकै नै मन पराएको चलचित्र ुचिसो मान्छेु नेपाली ओटिटि प्ल्याटफर्म भिडियोपसल मा रिलिज भएको छ । चलचित्र ुचिसो मान्छेु अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

चलचित्र ुचिसो मान्छेु कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनाले चलचित्रको माग उच्च रहेको भिडियोपसलका सह(संस्थापक नेहा कार्की बत्ताउँछिन् । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर चलचित्र रिलिज गरिएको हो ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २।९९ डलर देखी ५ ।९९ डलरसम्म विभिन्न प्याकेज लिई द्धप् गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे , गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित ुचिसो मान्छेुमा अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । कर्णाली क्षेत्रको कथा भन्ने यो चलचित्रमा मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गरिएको छ ।

२०१७ देखी सञ्चालनमा रहेको ुभिडियोपसलुमा यस अघि ुछक्का पन्जा ४ु र ुझिङ्गेदाउु लगायतका चलचित्रहरू रिलिज भई सकेका छन् । एपमा चलचित्र सँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।

Must View