नागरिक पोष्ट News


हिरासतमा राखिएको व्यक्तिलाई तत्काल रिहाई नगरे संघर्षको मैदानमा उत्रने महासंघको चेतावनी

854

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघ नेपालले हिरासतमा रहेकोलाई तत्काल रिहा माग गरेको छ । वैदेशीक रोजगार उद्धार श्रमिक संघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा केन्द्रिय सदस्यहरु दान बहादुर लामा थोकर, जनक राई, साङ बहादुर तामाङ र प्रशान्त थोकर पिडित निवेदक चुन बहादुर तामाङ साथै चुन बहादुर तामाङका आफन्तहरु तेज बहादुर तामाङ, रविन्द्र तामाङलाई तत्काल रिहा माग गरेको छ ।

समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहालले बिहिबार प्रेस विज्ञप्ति गर्दै ब्रिज स्काई इन्टरनेशलन प्रा.लि.मा गई छलफल गर्ने क्रममा बोन मेनपावर प्रा. लि. र जलोट मेनपावर प्रा.लि.का अनाधिकारी व्यक्तिहरु आई हातपात र सांघातिक रुपमा आक्रमण गरि घाइते बनाई उल्टै पक्राउ गरि हाल प्रहरी प्रभात महाराजगञ्ज चक्रपथको प्रहरी हिरासतमा राखिएको घटनाप्रति घोर निन्दा गर्दै तत्काल रिहाई नगरेमा महासंघ बाध्य भएर संघर्षको मैदानमा उत्रनी चेतावनी दिएको छ ।

वैदेशीक रोजगारमा ब्रिज स्काई इन्टरनेशनल प्रा.लि बाट फ्रि भिषा फ्री टिकटमा चुन बहादुर तामाङ साउदी अरब गएको थियो । साउदीमा मेनपावरले भनेको अनुसार चित्त बुझदो काम र पाउनुपर्ने सुविधा नपाएपछि चुन बहादुरले स्वदेशमै फिर्ता गरिपाउँ भनि वैदेशीक रोजगार उद्धार श्रमिक संघ नेपाललाई निवेदन दिएको थियो । निवेदन पछि चुन बहादुरलाई सफलता पुर्वक नेपालमा उद्धार गरि वैदेशीक रोजगारमा गएको हिसाव किताव र क्षतिपुर्ति लिनको लागि चुन बहादुरलाई पठाउने ब्रिज स्काई इन्टरनेशलन प्रा. लि. मा गई छलफल गर्ने क्रममा बोन मेनपावर प्रा. लि.र जलोट मेनपावर प्रा।लि।का अनाधिकारी व्यक्तिहरु आई हातपात र सांघातिक रुपमा आक्रमण गरि घाइते बनाई उल्टै पक्राउ गरि हाल प्रहरी प्रभात महाराजगञ्ज चक्रपथको प्रहरी हिरासतमा राखिएको हो ।

Must View