नागरिक पोष्ट News


मेलम्ची खानेपानी १० दिनभित्र काठमाडौंमा आउने

1.2K

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी १० दिनभित्र काठमाडौं पठाइने भएको छ । बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए । अबको १० दिनभित्र काम सम्पन्न हुने उनको भनाइ छ ।

सरकारको लक्ष्यअनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको छ। सरकारले पुस महिनाभित्र मेलम्चीको पानी वितरण गरिसक्ने लक्ष्य राखेको छ ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही अनुसार अहिले ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेका छन् ।

Must View