नागरिक पोष्ट News


पुस मसान्तको प्रभाव, नेप्से ९ अंकले घट्दा साढें ५ अर्बको कारोबार

1.1K

काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ८।७१ अंकले घटेर २ हजार ४९।२८ को विन्दुमा बन्द भएको छ ।  

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१२ अंकले घटेर ३७९।१२ को विन्दुमा पुगेको छ।  नेप्सेमा सूचीकृतमध्ये ३०३ वटा कम्पनीका १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर ५ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।   शेयर बजार ज्ञाता केशव कोइराला९काका० भन्छन्, ‘बजारमा उत्साह कायमै छ,करिब ३०० अंकले बढेको बजारमा १०० अंक जति घटेर सामान्य करेक्सन आएको मात्र हो ।अब अझै पाँचर सात दिन साइडवेज चलेपछि बजार बढ्छ नै ।’

उनका अनुसार नेपाल राष्ट्र बैंकले बजारबाट पैसा तानेको देखिन्छ ।अन्य क्षेत्रको पैसा पनि धमाधम सेयरबजारमा आउन थालेको देखिन्छ । यसकारण लामो वियरिसपछि बजार अब अपट्रेन्डमै जाने उनी बताउँछन् ।  अर्का बजार जानकार, गोविन्द प्रसाद घिमिरेका अनुसार करेक्सनमा आएको यो बजारले लगानीकर्तालाई किन्ने अवसर र मौका दिएको छ ।

Must View