भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री
1.4K
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई निर्यात गरिने १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् ।
रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेट गरेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।