नागरिक पोष्ट News


कोरोनाको नयाँ भेरियन्ट फैलिनसक्ने, सजकता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

1.4K

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइनसकेको जनाएको छ । तर पनि सजगता अपनाउन भने स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई आग्रह गरेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले नयाँ भेरियन्ट फैलिनसक्ने भएकाले सजकता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुन, भौतिक दुरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन् ।

मन्त्रालयले विश्वका केही देशमा कोभिड(१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन(१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको छ ।

नयाँ भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ ।

Must View