नागरिक पोष्ट News


मेयर बालेनले सचिवालय प्रमुखसहित ३ कर्मचारी निलम्बन गरे

1.5K

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् । मेयर शाहको सचिवालय प्रमुख सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी सोमबार निलम्बनमा परेका हुन् । कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा मेयर शाहले उनीहरूलाई निलम्बन गरेका हुन् ।  वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको बताइएको छ ।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको बताइएको छ ।

 

Must View