राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नराख्ने मेयर हर्क साम्पाङको अडान
1.1K
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने राजनीतिक दलका नेता कार्यकर्ताको प्रयास असफल भएको छ ।
मंगलबार विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु त्यसको प्रतिकार गर्दै कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने पुगेका थिए । तर लामो छलफलपछि पनि मेयर हर्क राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न राजी नभएपछि वार्ता विफल भएको हो । मेयर हर्कले प्रधानमन्त्री स्वंम नआएसम्म आफूले उक्त तस्बिर नहटाउने अडान कायम राखेका छन् ।