नागरिक पोष्ट News


हिसान तारकेश्वर आयोजनामा अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न, हिम रश्मी र एन्जल हार्टको सफलता

763

 काठमाडौं । हिसान तारकेश्वरको आयोजनामा गत शुक्रबार र शनिबार दुई दिने अन्तरविद्यालय ब्वाएज एण्ड गल्स भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भलिवल प्रतियोगितामा ७ ओटा विद्यालयबाट १४ टिम सहभागी भएका थिए । जसमा केटा र केटीको दुई समूहमा खेल सम्पन्न भएको थियो । सहभागी विद्यालयहरुमा ल्याण्डमार्क एकेडेमी, हिम रश्मी हाई स्कुल तथा कलेज, प्रारम्भ वल्ड स्कुल, सेक्रेड हार्ट, कौशल हाई स्कुल तथा कलेज एन्जल्स हार्ट सेकेण्डरी स्कुल र लालिगुराँश नेशनल एकेडेमी रहेका थिए ।

तारकेश्वर ४ स्थित सेक्रेड हार्ट भलिबल ग्राउण्डमा खेल सम्पन्न भएको हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुनले बताउनुभयो । पुनकाअनुसार ब्वाएजतर्फ हिम रश्मी हाई स्कुल प्रथम भएको थियो भने गल्सतर्फ एन्जल्स हार्ट सेकेण्डरी स्कुल प्रथम भएको थियो । ब्वाएजतर्फ दोस्रोमा एन्जल्स हार्ट स्कुल पर्न सपल भयो भने गल्सतर्फको दोस्रोमा हिम रश्मी हाई स्कुल पर्न सफल भएको थियो । त्यस्तै तृतिय पुरस्कार प्राप्त गर्न ब्वाएज र गल्स दुबैमा कौशल हाई स्कुल तथा कलेज सफल भएको थियो । शान्तवना पुरस्कार भने लालिगुराँश नेशनल एकेडेमीले पाउन सफल भएको थियो ।

खेलमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई मात्र सहभागी गरायएको थियो । बिजेता खेलाडी र विद्यालयहरुलाई मेडल, ट्रफी र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

Must View