नागरिक पोष्ट News


विदाको दिनमा पनि तारकेश्वरका मेयर फिल्डमा भेटिए (अनुगमनका तस्विर सहित)

5.5K

काठमाण्डौं । जनप्रतिनिधी भएपछि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनलाई काम गर्न भ्याई नभ्याई छ । नहोस् पनि कसरी युवामा जोस जाँगर र जनताको लागी केही गरुँ भन्ने हुटहुटी उनीमा छ । घरमा होस, पार्टीमा होस्, मिटिगंमा होस्, जुनसुकै बेलामा पनि तारकेश्वर नगरवासीको हकहितका लागी नयाँ काम के गर्न सकिन्छ भनेर छलफल र सर-सल्लाहामा उत्तिकै जुटिरहेका हुन्छन् । 

जनताको काम गर्न उनलाई विदाको दिन साँझ विहान केहीले रोक्दैन । यस्तैमा मिति २०८० पौष १५ गते विदाको दिन पनि मेयर कृष्ण हरि महर्जन तारकेश्वर वडा नं. २ को विकास निमार्ण कामको अनुुगमन सक्रिय रहे । वडा नं. २ काभेस्थलीमा भईरहेको पुर्वाधारको कामको अनुुगमन निरिक्षणमा मेयर खटिएका हुन् । साथै मेयरले वडा नं. ९ को विभिन्न ठाउँको विकास निमार्ण एवं सामाजिक गतिविधिको समेट अनुुगमन निरिक्षण गरेका छन् । मिलनसार मेयर टिममा मिलेर कार्य गर्छन् त्यस्तै यस्ता कार्यमा मेयरलाई हरदम सहयोग गर्ने तारकेश्वर नगरपालिकाको टिम, न्यायिक समितीका सदस्य उज्जवल अधिकारीले विशेष रुपमा सहयोग गर्दे आएका छन् ।  

साँचैनै यो कार्य प्रशंसनीय छ । चुनावका वेला प्रतिवद्धता गरेका कुराहरु पुरा गर्न मेयर लागी परेको देखिन्छ । आगामी दिनहरुमा पनि यस्ता कार्यको निरन्तरता र परिणाममुुखी देखाउन तारकेश्वरका मेयर कृष्ण हरि महर्जनले अझ कडा मिहेनत र जोश देखाउनु पर्ने छ । 

 

Must View