नागरिक पोष्ट News


प्रचण्ड सरकारको एक वर्षमा कति सुध्रियो मुलुकको अर्थतन्त्र ? (हेर्नुस् तथ्यांकमा)

679

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले गत वर्षको पौष १० गते मुलुकको नेतृत्व सम्हाल्दा अर्थतन्त्र संकटको भूमरिमा थियो । बाह्य सूचक निकै कमजोर थियो । आन्तरिक अर्थतन्त्र पनि समस्याको चंगुलमा फसेको थियो । तर यो एक वर्षको अवधिमा आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अघि बढेको देखिन्छ ।

एक वर्षअघि र अहिले मुलुकको अर्थतन्त्रको अवस्था कस्तो छ यो हेरौं ।

२०७९ मंसिर सम्मको अवस्था  

महंगी –७.३८ प्रतिशत विदेशी बिनिमय सञ्चिती –१२ खर्ब ९२ अर्ब रुपैयाँ चालू खाता –३७ अर्ब ९१ करोड रुपैयाँ बचत शोधनान्तर स्थिति–४५ अर्ब ८७ करोड रुपैयाँ बचत बैंकहरुको आधार दर –१०.६९ प्रतिशत बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनको वृद्धि– २.२ प्रतिशत निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि– १.६ प्रतिशत

२०८० को कात्तिकसम्मको आर्थिक अवस्था 

महंगी– ५.३८ प्रतिशत विदेशी बिनिमय सञ्चिती –१६ खर्ब ९६ अर्ब रुपैयाँ चालू खाता –९६ अर्ब ३८ करोड रुपैयाँ बचत शोधनान्तर स्थिति–१ खर्ब ४७ अर्ब रुपैयाँ बचत बैंकहरुको आधार दर –१०.६० प्रतिशत बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनको वृद्धि– २.७ प्रतिशत निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि– २.१ प्रतिशत

पछिल्लो तथ्यांकले अर्थतन्त्रका बाह्य क्षेत्रमा देखिने गरी सुधार आएको प्रष्ट हुन्छ। तर त्यो सुधार आन्तरिक अर्थतन्त्र बलियो भएर वा नेपालको निर्यात व्यापार बढेर भन्दा पनि रेमिट्यान्समा भएको वृद्धि र घट्दो आयातको कारण सबल देखिएको अर्थविद् सञ्चय आचार्य बताउँछन् । बैंक तथा वित्तीय संस्थाको प ब्याजदर घटाउनुपर्ने उद्योगी, व्यवसायी लगायतको आग्रहलाई एक महिना अघि मात्र मौद्रिक नीतिको समीक्षा मार्फत गरिएको छ । र, पछिल्लो समय ब्याजदर क्रमशः घट्दै गएको छ । पछिल्लो समय शेयर बजार र घरजग्गा कारोबार पनि उत्साह देखिएको छ।

समग्रमा रेमिट्यान्स आयम भएको वृद्धिपका कारण मुलुकको बाह्य क्षेत्र सबल बनेपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामै छ। औद्योगिक व्यवसायी वातावरण सृजना र रोजगारी वृद्धिमा गत वर्ष र अहिले खासै अन्तर छैन । सरकारले बाह्य क्षेत्रको सुधारसँगै अब आन्तरिक अर्थतन्त्र सबल बनाउन ध्यान दिन रहेको अर्थविद् आचार्यको सुझाव छ ।

Must View