नागरिक पोष्ट News


तरुण माध्यमिक विद्यालयमा साइबर सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम 

1.1K

काठमाडौं । साइबर सुरक्षा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्नका लागि आइसिटी पत्रकार विकाश मञ्चले तरुण माध्यमिक विद्यालयका भाईबहिनीहरुलाई साईबर सुरक्षा सम्बन्धी तालिम प्रदान गरीएको छ । काठमाण्डौँ महानगरपालिका वडा नं. १६ सँग सहकार्य गरी एक दिने साईबर सुरक्षा तालिम विद्यालयका कक्षा ८ र १० का विद्यार्थिहरुलाई प्रदान गरिएको हो । 

नेपाल टेलिकम केन्द्रिय कार्यलय भद्रकालीका कर्मचारी तथा प्रशिक्षक अच्युत ओझाले साइबर अपराध घटनाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा तथा बेफाईदा र कानुनी प्रावधानका बारेमा सचेतनामूलक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा तरुण माध्यमिक विद्यालयका प्रधानध्यापक बाबुराम न्यौपाने, सहायक प्रधानध्यापक लाल काज श्रेष्ठ र श्रषि तिमल्सीना , विध्यालय शिक्षक विनोद ओझा , शिक्षिका टिना शाही, पुर्व परराष्ट्र अधिकृत तथा समाजसेवी यादब कोईराला, काठमाण्डौँ महानगरपालिका वडा नं. १६ को वडा सदस्य हर्क खाती संस्थाका पदाधिकारीहरु,पत्रकार तथा शिक्षक शिक्षिकाहरुको उल्लेखनीय उपस्थित रहेको थियो । 

समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गरिएको आयोजकले बताएका थिए। सचेतनामुलक कार्यक्रमहरुले केही हदसम्म भए पनि सचेतना जगाउने र नराम्रा घटना हुनबाट जोगाउने भन्दै यस्ता कार्यक्रमको आयोजना गरेकोमा विद्यालय परिवारले आयोजक टिमलाई धन्यवाद दिएको थियो । त्यस्तै विद्यार्थिहरु पनि यस तालिम तथा प्रशिक्षणले धेरै कुरा बबुझ्ने मौका पाएको भनी खुशी भएका थिए । कार्यक्रमको सञ्चालन पत्रकार सावित्री बस्नेत (सबु) ले गरेकी थिईन् । 

Must View