नागरिक पोष्ट News


सिमेन्टमा बढाइएको मूल्य तत्काल खारेज गर्न सरकारसँग महासंघको माग,कार्टेलिङ गरेको आरोप

1.2K

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले हाल बजारमा सिमेण्टको मुल्य बढाइएकोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महसंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गर्दै स्वतस्फूर्त रुपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गर्दै बजारमा सिमेन्टको मुल्य बढाएकोप्रती ध्यानाकर्षण भएको जनाएको हो । 

अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेण्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा एक सय मूल्यवृद्धि गरिनु कानून विपरितको दण्डनीय अपराध भएको महासंघको ठहर छ । विगतमा पनि कार्टेलिङ गरी पटक/पटक भएका यस्ता किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठूलो आर्थिक बोझ थपिएको महासंघको बुझाई छ। 

म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौँ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन सरकासँग महासंघको माग छ ।

 

 

Must View