नागरिक पोष्ट News


टेरामक्सको काम तत्काल रोक्न संसदीय समितिको निर्देशन

1K

काठमाडौं । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम ९टेरामक्स० प्रविधिको सबै काम रोक्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले हालसम्म भएका प्रगतिबारे विवरणहरु माग्ने र यस कार्यलाई तत्काल अघि नबढाउने निर्देशन दिएको हो । डेढ दर्जन प्रश्नको जवाफ खोज्दै एक महिनाभित्र संसदीय समितिमा प्रगति विवरण पेश गर्न निर्देशन दिेइएको समिति सचिवालयले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्न लागेको यो प्रविधि सुरूदेखि नै विवादमा थियो । कल बाइपास भएको हुनसक्ने आशंकालाई निवारण गर्ने भनिएको यो प्रविधि खरीदमा अनियमितता भएको भनेर मुद्दा चलिसकेको छ । संसदीय समितिले पनि उक्त प्रविधी खरीद प्रक्रियामा कुनै पदाधिकारीले अधिकारको दुरूपयोग गरेर राज्यलाई हानी नोक्सानी हुने गरी काम गरेको वा गराएको भेटिएमा सम्बन्धित पदाधिकारीलाई हदैसम्मको कारवाहीको माग दाबीसहित अभियोजन प्रक्रिया अघि बढाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

समितिले मागे बमोजिम यो प्रविधी खरीदको मूल सम्झौता पत्र उपलब्ध हुन नसकेको बताएको छ । यसको भुक्तानी ग्रामीण दूरसञ्चार कोषबाट भएको भन्दै त्यस्तो पैसा यस काममा खर्चन मिल्ने कि नमिल्ने भन्नेमा पनि समितिले प्रश्न उठाएको छ । यस प्रविधीको उपयोगपछि राजस्व बढ्ने स्पष्ट आधारसमेत नभेटिएको भन्दै समितिले प्रश्न उठाएको छ ।

Must View