माइक्रोसफ्टको च्याटबोट सार्वजनिक
1.2K
एजेन्सी । माइक्रोसफ्टले एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि नयाँ को–पाइलट एप सार्वजनिक गरेको छ । यस एपमार्फत प्रयोगकर्ताहरूले आफ्नो एआई च्याटबोटलाई नयाँ सेवाको रूपमा प्रयोग गर्न सक्नेछन् ।
यो एप सर्च इन्जिन बिङभन्दा फरक छ र पूर्णतया माइक्रोसफ्टको एआई प्रविधिमा आधारित रहेको माइक्रोसफ्टले दावी गरेको छ ।
माइक्रोसफ्टले केही महिना अघि बिंग च्याटको नाम परिवर्तन गरी सह–पायलट राखेको थियो । सुरुमा, माइक्रोसफ्टको एआई विङ खोज इन्जिनको एक भाग थियो ।