त्रिवि सुधारको माग राख्दै स्ववियु आन्दोलित
काठमाडौ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालय सुधारको मागसहित आन्दोलन थालेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुधबार विश्वविद्यालय गेटमा आयोजित युनियनको विरोधसभामा स्ववियु सभापति एंव त्रिवि सभा सदस्य श्यामराज ओझाले दीक्षान्त समारोहमा प्रधानमन्त्रीले मेडल दिएका विद्यार्थीहरुले देशमै काम गर्ने वातावरण बनाउन जरुरी रहेको बताए ।
‘विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा आन्दोलन गरेर विश्वविद्यालयको सुधार, व्यवस्थामा सुधार र ढिला सुस्ती हटाउनका लागि विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छौँ । प्राध्यापक, कुलपति नियुक्ति गर्ने, परीक्षा लिने निकाय त्रिभुवन विश्वविद्यालयको सेवा आयोग प्रधानमन्त्रीको मुठीभित्र छ ।’ उनले भने ।
यस्तै उक्त आन्दोलनमा सहभागी विष्णु ढुङ्गेलले अझै चुप लागेर बस्ने हो भने त्रिविको अवस्था झनै जर्जर बन्ने भन्दै असक्षमले जिम्मेवारी छोड्नु पर्ने बताए ।