नागरिक पोष्ट News


ओझा भारतमा  ‘युपिएए अवार्ड २०२३’ बाट सम्मानित 

1K

काठमाडौं । सचेतना कार्यक्रम, एनटिभी न्युजका प्रस्तोता र निर्देशक सरोज ओझालाई भारतको उत्तर प्रदेश आर्टिस्ट एकेडेमीले ‘युपिएए अवार्ड २०२३’ बाट सम्मान गरेको छ । सञ्चारक्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई अवार्डको ३० औं संस्करणमा सम्मान गरिएको हो ।

ओझालाई उत्तर प्रदेशका उप–मुख्यमन्त्री ब्रजेश पाठकले सम्मान गरेका थिए । उप–मुख्यमन्त्री पाठकले भारत र विश्वस्तरमा कला, पत्रकारिता, सामाजिक अभियानलगायतका क्षेत्रमा सेवारत व्यक्तिलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । विगत दुई दशकदेखि छापा र अनलाइन मिडियालगायत टेलिभिजन कार्यक्रम निर्माणमा सक्रिय रहेर सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ओझालाई सम्ममान गरिएको आयोजकले जनाएको छ । यसअघिका संस्करणमा अनिल कपुर, रविना टन्डन, अब्बास मस्तान, समीर अन्जान, फारुख शेख, भाग्यश्री, राहुल रोय र क्रिकेटर पियुष चावलासहितका कलाकार एवम् चलचित्रकर्मीले ‘युपिएए अवार्ड’ पाएका छन् ।

सम्मानित ओझाले हालसम्म सचेतनाबाहेक बाल आवाज, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार, नेपालमै पहिलो पटक कुकिङ रियालिटी सो कलेज सेफ आइकन र हास्य टेलिशृंखला ‘कुरा मात्रै भो’ को निर्माण एवम् प्रसारण कार्यमा संलग्न रहँदै आएका छन् । उनले वृत्तचित्र निर्माणका साथै स्क्रिप्ट लेखन तथा निर्देशनसम्बन्धी काम गर्दै आएका छन् ।

कर्पोरेट खबर पत्रिका एवम् सोको अनलाइन संस्करण कर्पोरेट खबर डटकमको सम्पादक भएर काम गरिसकेका ओझाले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन र खेल जित मनोविज्ञान पुस्तकको सम्पादक भएरसमेत कार्य गरेका छन् । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यक्रम उत्पादनतर्फ जोडिदै आएका ओझालाई नेपाल टेलिभिजनले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको थियो । उनले भारतको मुम्बईमा ‘दादासाहेब फाल्के अवार्ड’, लखनउमा मानव अधिकार सम्मान २०२३, सन् २०२१ मा थाइल्याण्डमा मुख्यालय रहेको युनाइटेड नेसन्स पिसकिपर्स फेडरल काउन्सिलबाट ‘युएनपिकेएफसी हुमानेटेरियन अवार्ड’ र सन् २०१९ मा इजिप्टमा ‘एमएसएल एक्सिलेन्स अवार्ड’ समेत पाइसकेका छन् । व्यास ८ तनहूँमा जन्मेका ओझा हाल काठमाण्डौंमा बसोबास गर्दै आएका छन् ।

Must View