नागरिक पोष्ट News


‘टीओडी मिटर अनुसारको रकम तिर्न तयार नै छौं, तर फर्जी बिलको तिर्न सकिँदैन’ - उद्योगी व्यवसायी

1.2K

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गैर जिम्मेवारी ढङ्गले उद्योगहरूको विद्युत् काटेको नेपाल उद्योग परिसंघ ९सीएनआई० ले बताएको छ ।

फर्जी बिलको बक्यौता नतिरेको भन्दै उद्योग नै अन्धकार बनाएर बिजुली काट्नु गैर जिम्मेवार भएको  उद्योगीहरूले बताएका हुन् । डेडिकेटेड र ट्रङ्क लाइन शुल्क सम्बन्धी सोमबार परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगीहरूले यस्तो बताएका हुन् ।

प्रयोग नै नभएको फर्जी बिलको रकम तिर्न उद्योगीहरू असमर्थ भएको उनीहरू बताउँछन् । यद्यपि, प्रयोग भएको प्रमाण दिएमा कानुनतः रकम तिर्न तयार रहेको परिसंघले जनाएको छ । 

Must View