५ महिनामा करिब ९ अर्ब ३ करोड रुपैयाँ बराबरकाे विद्युतीय गाडी आयात
413
काठमाडौं । चालु आर्थिक वर्षमा विद्युतीय गाडीकाे आयात तिब्र रूपमा बढीरहेकाे छ ।
चालु आवको ५ महिनामा नेपालले ३ वटा फरक फरक इन्जिन क्षमताका ३ हजार ६७५ थान विद्युतीय कार, जीप र भ्यान आयात गरेको भन्सार विभागले जनाएकाे छ । जसको लागत ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ बराबर छ ।
गत वर्षको यही अवधिमा नेपालले एक हजार ३ सय ५३ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान आयात गरेकाे थियाे । सरकारले इभी प्राेत्साहनकाे नीति लिएसँगै आयात झण्ढै ३ गुणाले बढेकाे हाे ।
चालु आर्थिक वर्षको ५ महिनामा विद्युतीय कारको आयातबाट सरकारले ३ अर्ब ९२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।