हरि प्रसाद गौतम ले किन समाजिक सुरक्षा भत्ता पाएनन् ?
काठमाडौं । हरि प्रसाद गौतम काभ्रे चौरिदेउरालि ५का स्थाई बासिन्दा हुन् । गौतम अहिले ३६ बर्षको भए । उहाँ २० बर्षको हुदा उहालाई वोनटिभि नामक खतरनाक बिरामिले छोयो , उहाको शरिर पुर्ण रुपमा परालाइसिस भयो , लामो समयको उपचारपश्चात उहा बोल्न सक्ने हुनुभयो र हात चल्ने भयो तर उहाको मेरुदण्डको समस्याले उहा हिडहुल गर्न र कम्बर मुनिको भागले पुर्ण रुपमा काम गर्न सक्दैन । गौतम हाल भाई गोबिन्द गौतमको सहारामा काठमाडौं को कागेश्वरि मनोहरामा बस्छन् । उहालाई दैनिक जिवन निवार्ह दिशा पिसाब गर्न समेत अरुको साहयता चाहिन्छ ,उहालाई स्थानिय तह पश्चात उहाले समाजिक सुरक्षा भत्ता प्राप्त गर्नु भएको थियो । दिनहरु सामान्य नै चलिरा थिए । पछि उहाको भाई गोबिन्द गौतम ले राजनितिक आस्था परिवर्तन गरेर राष्ट्रिय स्वतन्त्र पार्टिको सदस्यता लिनुभयो त्यसपछि राजनततिक पुर्वाग्रह राखि हरि प्रसादलाई पुर्ण परिक्षण भन्दै बोलाउने र दुख दिन थालेको उनको परिवारले बताए ।
अपाङ्गताको अवस्था हेरि अपाङ्गताको बर्गिकरण गरिएको हुन्छ । अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता परिचयपत्रलाई गम्भीरताका आधारमा चार भागमा वर्गीकृत गरिएको छ । हरेक परिचयपत्रलाई छुट्टाछुट्टै रंग दिइएको छ र परिचयपत्र लिन आउने अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको गम्भीरताअनुसार निजलाई उपयुक्त ठहर गरिएको परिचयपत्र प्रदान गरिन्छ । यस्तो परिचयपत्र “क” वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो रंगमा, “ख” वर्गमा पर्नेका लागि निलो रंगमा, “ग” वर्गमा पर्नेका लागि पहेँलो रंगमा र “घ” वर्गमा पर्नेका लागि सेतो रंगमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
तर चौरिदेउरालि मा भने राजनितिक शक्तिको आडमा समाजिक सुरक्षा भत्ता प्रदान गरिदै आएको छ ,त्यस्तैमा अघिल्लो पटक पुर्ण अशक्त भएका ब्यक्तिलाई पछि अंशिक बनाउने तथा समान्य फरक क्षमता भएका र काम गरिरहेका मान्छेलाई भने पुर्ण अपाङ्गता प्रदान गरिएको छ । जसको शिकार हरि प्रसाद गौतम भएको उनको परिवारले बताएको छ ।