नागरिक पोष्ट News


यो जाडोमा मुगुकाे बालआश्रमका बालबालिकालाई न्यानो कपडाको आवश्यक : मायालु लामाद्वारा आश्रमलाई शैक्षिक सामग्री सहयोग

1.5K

काठमाडौं । यस वर्षको मध्य जाडो शुरु भइसकेको छ । हिमाली भेगमा जाडोले धेरै बृद्ध र वालबालिकाहरुको ज्यान लिदै आइरहेको छ । त्यसैले उनीहरुलाई जाडोबाट बच्न न्यानो बासस्थान र कपडा चाहिन्छ । यो जाडोमा मुगुको खत्याड गाउँपालिका वडा नम्बर तीनमा अवस्थित जे।टि।एम बाल अनाथ आश्रमका बालबालिकाहरुलाई न्यानो कपडाको आवश्यक परेको छ । मुगु कर्णाली प्रदेशको अति विकट, दुर्गम र पिछडिएको  जिल्ला हो भने यहाँ बार्है महिना चिुसो हुन्छ भने जाडोमा त झन् अति चिसो हुन्छ । केर्ह दिन अघि मात्र समाजसेवी एवं सञ्चारकर्मी मायालु लामाले जे।टि।एम बाल अनाथ आश्रमका लागि शैक्षिक सामाग्री सहयोग गरेको कुरा आफ्नो फेसबुक पोष्टमार्फत जानकारी गराइन् । आश्रमका अध्यक्ष अमर राज बानियाँले जाडो सुरू हुन लागेकाले बालबालिकाका लागि न्यानो कपडा र खाद्यान्नको आवश्यकता रहेको कुरा पनि मायाले जानकारी गराएकी छिन् भने यसका लागि आगामी दिनमा सहयोगी हातहरुमार्फत पुन सहयोग गर्ने बाचा गरेकी छिन् ।  हरेक मानवमा सकारात्मक साथै नकारात्मक सोचको जग बसेको हुन्छ। हामिले नकारात्मक सोचलाई सकारात्मक सोचले दबाएर राख्न सक्नु पर्छ। अनि मात्रै सुख सँगै शान्ति मिल्नेछ  हाम्रो सानो सहयोगले कसैको जिवनमा खुसि आउँछ भने जति सक्छौ उति सहयोग गर्ने गरौ गरिब दिन दुखिलाई !!  पैसा दिदैमा मात्र सेवा हुदैन आफुँसग जे छ त्यो दिएर सहयोग गर्नु नै ठुलो सेवा र धर्म हो।।।

समाजसेवी मायालु लामाद्वारा मुगुकाे जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग

समाजसेवी एवम् सञ्चारकर्मी मायालु लामाले कर्णाली प्रदेशको अति विकट, दुर्गम र पिछडिएको हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिका वडा नम्बर तीनमा अवस्थित जे टि एम बाल आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन्। बालबालिकाहरुको पठनपाठनमा सहयोग पुग्ने गरी ११ दर्जन कापि र ११ दर्जन कलम सहयोग गरेकी हुन् । लामाको यस कार्यका लागि समाजसेवी हेमन्त कार्कीले पाँच हजार दिएका थिए ।

समाजसेवी लामाले बालबलिकाहरुका लागि शैक्षिक सामाग्री खरिद गर्न आश्रमको बैंक खातामा रकम पठाएकाले उक्र रकमबाट सामाग्री ल्याएर वितरण गरिएको आश्रमका अध्यक्ष अमर राज बानियाँले जानकारी दिए । उनका अनुसार एघार दर्जन कपीका लागि सात हजार २ सय ६० र एघार दर्जन डटपेनका लागि दुई हजार ७ सय ५० गरी दश हजार १० रुपैँया परेको थियो ।

अति विकट जिल्लाका बालकालिकाहरुलाई शिक्षामा प्रोत्साहित गराउन र शैक्षिक सामाग्री अभाव नहोस भन्ने उद्देश्यले आफुले सहयोग गरेको लामाले बताईन्। यस कार्यका लागि सहयोग गर्नुहुने समाजसेवी कार्कीलाई धन्यबाद व्यक्त गर्दै लामाले उक्त आश्रमका बालबालिकाहरुलाई आवश्यक थप सहयोगका लागि आफुले पहल गर्ने समेत बताईन् ।

Must View