नागरिक पोष्ट News


सेयर बजारमा ७ अर्बको सेयर किनबेच हुँदा १५ कम्पनीमा लाग्यो सर्किट

1.1K

काठमाडौं । बुधबारको सेयर बजारमा ७ अर्ब माथिको सेयर कारोबार भएको छ । जुन विगत एक वर्ष यताकै उच्च कारोबार हो ।

यसअघि २०७९ पुस २६ गतेको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयताको बजारमा भने ७ अर्ब रुपैयाँको सेयर कारोबार हुन सकेको थिएन ।

३०६ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ६१३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १९ रुपैयाँले बढी हो ।

त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने ३५.३९ अंकले बढेर २१४१.८७ बिन्दुमा पुगेको छ ।  जुन अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशतले बढी हो भने गत पाँच महिना यताकै उच्च हो । गत साउन १० गतेको बजारमा नेप्से परिसूचक २१५६ बिन्दुमा थियो ।

Must View