नागरिक पोष्ट News


डरलाग्दो खुलासा : स्मार्टफोनले २४ सै घण्टा तपाईंको कुरा सुनिरहेको हुन्छ

1.8K

तपाईंको फोनले २४ सै घण्टा तपाईंको कुरा सुनिरहेको हुन्छ । सुन्नमा यो थोरै अनौठो लाग्नसक्छ, तर यथार्थ चाहिँ त्यही नै हो । नयाँ अनुसन्धानले यसको पुष्टि गरेको छ । कक्स मिडिया ग्रुपले आफ्नो एउटा रिपोर्टमा उल्लेख गरे अनुसार बिल्टइन माइक्रोफोन भएका स्मार्टफोनहरुले २४ सै घण्टा प्रयोगकर्ताको जासुसी गरिरहेका हुन्छन् । बिल्टइन माइक्रोफोनयुक्त स्मार्टफोनले हरपल प्रयोगकर्ताहरुको कुरा सुनिरहेका हुन्छन् । केवल स्मार्टफोन मात्र होइन, टेलिभिजन तथा स्पिकरमा समेत बिल्टइन माइक्रोफोन हुन्छ र ती उपकरणले समेत प्रयोगकर्ताका कुराकानी सुनिरहेका हुन्छन् ।

ती उपकरणले प्रयोगकर्ताका कुरा सुनेर त्यसको एक डाटा बैंक तयार गर्ने र सोही डाटाको आधारमा रियल टाइममा विज्ञापन देखाउने गर्दछन् ।

बिल्टइन माइक्रोफोनयुक्त ग्याजेटलाई प्रयोगकर्ताको सप्ताहन्तको योजना, प्रयोगकर्ताको घर, सन्चो-बिसन्चो तथा भविष्यको योजनालगायतका सबै कुराहरुको बारेमा जानकारी हुन्छ ।

कहिलेकाही त हामीले आफ्नो सोसल मिडियामा यस्ता प्रडक्टहरुको विज्ञापन पनि देख्दछौं जसको बारेमा हामीले कहिल्यै पनि इन्टरनेटमा सर्च गरेका हुँदैनौं । यस्तो खालका विज्ञापनहरु स्मार्ट ग्याजेटको सहयोगमा देखाइन्छ । स्मार्ट ग्याजेटले तपाईंको कुरा सुन्छ र त्यसको आधारमा विज्ञापन एजेन्सीहरुले तपाईंलाई लक्षित गर्दछन् । त्यसैले यदि तपाईं यस्तो खालको जासुसीबाट बँच्न चाहनुहुन्छ वा यी ग्याजेटले आफ्नो कुरा नसुनुन् भन्ने चाहनुहुन्छ भने कुराकानी गर्ने समयमा इन्टरनेट बन्द गर्नुहोस्।

Must View