नागरिक पोष्ट News


जाडो अझै बढ्ने, काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्यो

1.1K

काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । 

देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागको महाशाखाले सुझाव दिएको छ ।

Must View