नागरिक पोष्ट News


एनआईसी एशिया बैंक र एआई अन्सारी एक्सचेन्जबीच साझेदारी, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

798

काठमाडाैं । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंक र  एआई अन्सारी एक्सचेन्जबीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ ।

समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारको विश्वास रहेको छ ।

साझेदारी कार्यान्वयनमा आए पश्चात् अब एआई अन्सारी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ ।

भौतिक रुपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रुपमा दरिलो उपस्थिति रहेको उक्त एआई अन्सारी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम यस बैंकमार्फत सहजै भुक्तानी लिन सकिनेछ ।

साथै, यस बैंकको मोबाइल बैंकिङ्ग एप( NIC MoBank) भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर Receive Remit भित्र आफुलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ ।

Must View