नागरिक पोष्ट News


ग्लाेबल आइएमई बैंककाे १७औँ वार्षिक साधारण सभा सम्पन्न

1.1K

काठमाडौं । ग्लोबल आइएमई बैंकको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो साधारण सभाले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको ९ प्रतिशत लाभांश अर्थात् रू ३ अर्ब २१ करोड ९३ लाख ९५ हजार ३६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो मध्ये १ प्रतिशत बोनस शेयर अर्थात् रू ३५ करोड ७७ लाख १० हजार ५९६ र चुक्ता पुँजीको ८ प्रतिशत अर्थात् २ अर्ब ८६ करोड १६ लाख ८४ हजार ७७२ नगद लाभांश वितरण गर्ने जानकारी सो साधारण सभामा बताइएको छ ।

समीक्षा अवधिसम्म कुल निक्षेप रू ४३ लाख ९३ हजार ४९० तथा कुल कर्जा रू ३७ लाख ४३ हजार ५६३ प्रवाह गर्दछ ।

ग्लोबल आइएमई बैंकले राष्ट्रिय कर दिवस २०८०को अवसरमा बैंक तथा वित्तिय संस्थाहरूमध्ये सबैभन्दा बढि कर तिर्ने बैंक बन्न सफल भएको छ ।

Must View