नागरिक पोष्ट News


सेवा लम्साल पहिलो महिला परराष्ट्र सचिव बनिन्

1.6K

काठमाडौं । सरकारले सेवा लम्साललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । लम्साल नेपालको परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी छिन् । लम्सालसँगै नेपाल सरकारको सचिवमा ९ जना महिला सचिव पुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई क्यानडाका राजदूत सिफारिस भएपछि लम्सालले निमित्त परराष्ट्र सचिवको रूपमा जिम्मेवारी सम्हालिरहेकी थिइन् ।

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले लम्साललाई पराष्ट्र सेवाको सेवा समूहीकरणतर्फको राजपत्राकिंत विशिष्ट श्रेणीमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

Must View