नागरिक पोष्ट News


बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

1.1K

काठमाडौं । पूर्वगृहमन्त्री एवम्‌ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । खाण गत वैशाख २७ गते पक्राउ परेका थिए ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेशमा पठाउने प्रकरणमा संलग्न खाणलाई यसअघि जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर गर्दै जेल चलान गरेको थियो ।

उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरी खाणलाई धरौटीमा छाड्न निर्देशन दिएको हो । यसअघि खाँणलाई रिहा गर्ने या नगर्नेबारे उच्च अदालतका न्यायाधीशबीच मत बाझिएको थियो । तर, न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्नुपर्ने भनी न्यायाधीश जनक पाण्डेले दिएको रायलाई सदर गरेको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका ३० मध्ये १० जनालाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिइसकेको छ । यही प्रकरणमा मुछिएका सत्तारुढ (माओवादी केन्द्र) का पूर्वनेता टोपबहादुर रायमाझी जेलमै रहे पनि उनका छोरा सन्दीप रायमाझी समेत उच्च अदालत पाटनको आदेशमै रिहा भइसकेका छन्‌ ।

Must View