अशोकराज सिग्देलको रथीमा बढुवा, भावी प्रधानसेनापति बन्दै
1.1K
काठमाडौं । नेपाल सरकारकाले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । ८ मंसिरमा जंगी अड्डले उनलाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
यसभन्दा पहिला रथीमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेले जन्ममिति विवादका कारण राजीनामा दिएका थिए । पाण्डेको राजीनामा स्वीकृत भएसँगै जंगी अड्डाले रथीमा बढुवाका लागि सिग्देलको नाम सिफारिस गरेको थियो ।
सरकारले रथीमा बढुवा गरेका सिग्देल प्रधानसेनापति हुने पक्का भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौ २०८१ मा अवकाश पाएसँगै सिग्देल प्रधानसेनापति हुनेछन् ।