नागरिक पोष्ट News


सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक

1.1K

काठमाडौँ ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा  ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । 

अनौपचारिक सेवा केन्द्र ९इन्सेक०ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलात्कार, चार यौन दुर्व्यवहार, दुई बेचबिखनका रहेका छन् । 

यस्तै महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बलात्कार, १३ घरेलु हिंसा, एक यौन दुर्व्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । 

सबैभन्दा बढी हिंसाका घटना मधेश प्रदेशमा २६ वटा रहेको छ । त्यसपछि बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, गण्डकीमा पाँच, कोशीमा चार, कर्णाली र सुदूरपश्चिममा दुई दुई वटा पाइएको जनाइएको छ । 

नेपालमा यही मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म ९नोभेम्बर २५ देखि डिसेम्बर १००  ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको थियो । नेपालमा यस अभियानको थालनी सन २००४ देखि गरिएको  हो । 

महिला तथा बालिकाविरुद्ध भएका हिंसात्मक घटनाका आधारमा प्रतिवेदन तयार पारेको इन्सेकले नेपालमा महिलामाथिको हिंसा विगतका वर्षमा भन्दा कम हुँदै आए पनि सन्तोषजनक नभएको जनाएको छ ।

Must View