नागरिक पोष्ट News


सेयर बजार ३६.६८ अंकले बढ्यो

399

काठमाडौं ।  मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो । 

मंगलबार ३६।६८ अंकले बढेको सेयर बजार १९८५।४४ विन्दुमा आएर बन्द भएको छ ।  आज २९७ कम्पनीको ९५ हजार ४३३ पटक भएको कारोबारमा १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको कारोबार भएको छ ।

आज २०८ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ भने ५ वटाको सेयर मूल्य स्थिर रहेको छ ।  आइतबार नेप्से परिसूचक १११।२० अंक बढेर १९६३।९८ विन्दुमा पुगेको थियो ।  आज २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । 

Must View