केबिएल सेक्यूरिटिजको धितोपत्र कारोबार सुरु
काठमाडौँ । केबिएल सेक्यूरिटिज लिमिटेड ९शेयर ब्रोकर नं ९४० ले औपचारिक रूपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज।ब राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा के।बि।एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।
कारोबार सुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के।बि।एल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरेका छन् ।
के।बि।एल सेक्युरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पुर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।